Skip to content

करिब १८ अर्बको अवैध वित्तीय गर्ने २१ पक्राउ, (विवरणसहित)

काठमाडौं । करिब १८ अर्ब रुपैयाँ अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ११ जिल्लाबाट पक्राउ गरेको छ ।

ब्युरोका प्रहरी उपरीक्षक एसपी तथा प्रवक्ता सुधीर राज शाहीले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको जानकारी दिए । २१ जना विभिन्न मनि चेन्जर तथा त्यसका सञ्चालक भएको ब्युरोले जनाएको छ ।

११ जिल्लाबाट पक्राउ परेका २१ जनाले अवैध रुपमा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ कारोबार गरेको पाइएको छ ।

ब्युरोका अनुसार पक्राउ परेकाहरु आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको पाइएको छ ।

यी व्यक्ति तथा समूहले अवैध कारोबार बापत प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल) प्रालि कम्पनीहरुको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्ने काम गरेको पाइएको छ ।
यसरी पैसा जम्मा गर्नका लागि मनि मूलुहरूलाई परिचालन गरी ठूलो परिमाणमा नगदै रकम खातामा प्लेसमेन्ट गर्ने गरेको ब्युरोले जनाएको छ ।

 

अवैध रकमलाई विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरुले उक्त डिजिटल वालेट कम्पनीहरुमार्फत ई–मनी बनाई सो रकमलाई रेमिट्यान्सबापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको पाइएको छ ।

पक्राउ परेकाहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरउपर अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रप्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोजकुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, प्रदीपकुमार साह छन् ।

यस्तै पक्राउ पर्नेमा संजिवकुमार महतो, राज लोनिया कमल, भीम कुमारी गुरुङ, राम विलास साह, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपती पाण्डे, सलमा खातुन, सुशीलाकुमारी शाहु, गोविन्दप्रसाद आचार्य र शम्भु मेहता छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima