Skip to content

मजदुर दिवसकाे पूर्व सन्ध्यामा ६ जना पत्रकार सम्मानित

nabil bank

काठमाडौं । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा ६ जना पत्रकार सम्मानित भएका छन् । आज काठमाडौंमा आयोजित समाजवादी ट्रेड युनियन महासङ्घ नेपालको चौथो महाधिवेशनको अवसरमा विभिन्न मिडियामा कार्यरत ६ जना पत्रकारलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा राष्ट्रिय समाचार समितिका उप सम्पादक कमल कुमार बस्नेत, न्यून २४ का नवराज चालिसे, रातोपाटी डट कमका राजकुमार सिक्देल, अन्नपूर्ण पोष्ट दैनिकका राधा खनाल, कान्तिपुर टेलिभिजनका सुमन पन्थ र मेघा टेलिभिजनका कृष्णनन्द भट्ट रहेका छन् । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय भएका सञ्चारकर्मीहरुलाई सम्मान गरिएको महासङ्घले जनाएको छ ।

त्यसअवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले सबै क्षेत्रका मजदुरहरु एकजुट हुन आवश्यक रहेको उल्लेख गर्दै सरकारले मजदूरहरुलाई सहुलियत रुपमा रासन कार्ड उपलब्ध गराउनुपर्ने माग गरे । उनले २०८२ साल तलब बढाउने वर्ष भएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार बनाउन आवश्यक भएको र यसमा सबैको साथ जरुरी भएको उल्लेख गरे ।

समाजवादी ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष नवराज दाहालले सबै क्षेत्रका मजदूर एकजुट हुन आवश्यक रहेको उल्लेख गर्दै मजदूरका माग र अधिकारको रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । त्यस अवसरमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलगायतका सरोकारवालाले श्रमिकहरुको महत्व तथा हक र अधिकारबारे चर्चा गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime