काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ३.४४ अंकले बढेर परिसूचक २६२०.३९ बिन्दु कायम भएको छ ।
कारोबारको सुरुमा बजार केही बढेको भएपनि त्यो बढोत्तरी लामो समयसम्म टिक्न सकेन । कारोबारमा लगानीकर्ताको ध्यान बैंकतर्फ देखिएको छ ।
३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३१५ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.४३, विकास बैंक ३.३२, होटल ३.१७, उत्पादन तथा प्रशोधन ४४.१३, निर्जीबन बीमा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ, ओम मेगाश्री फर्मास्युनिकल्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।







प्रतिक्रिया दिनुहोस्