Skip to content

सेबोनले आईपीओ निष्कासन गर्न नदिए ठूलो आन्दोलन गर्छौं : गुरु न्यौपाने

nabil bank

काठमाडौ । ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले नेपाल धितोपत्र बोर्डले रोकेको साधारण सेयर (आईपीओ) तत्काल निष्कासन गर्न अनुमति नदिए शिक्षकको भन्दा बढी जनता सडकमा उतार्ने बताएका छन् ।

उनले धितोपत्र बोर्डले २२ महिनादेखि रोकेको आईपीओ तत्काल निष्कासन गर्न अनुमति नदिने हो भने शिक्षकले गरेको भन्दै ठूलो आन्दोलन गर्ने बताए ।

बोर्डले आईपीओ निष्कासन रोकेपछि केही बिचौलिया आईपीओ निष्कासनमा सहयोग गर्छु भन्दै विद्युत प्रबर्धकको कार्यालय धाउन थालेको उनको भनाई छ ।

धितोपत्र बोर्डले बिगत २२ महिनादेखि रोकेको आईपीओ निष्काशनमा सहयोग गर्छु भन्दै केही प्रतिशत पैसा माग्दै बिचौलिया विद्युत प्रबर्धकको कार्यालय धाउन थालेको उनको गुनासो छ ।

उनले आफूले बिगत तीन वर्षदेखि बीमाको दाबि भुक्तानी नपाएको दाबि गरे । लेखा समितिको निर्देशन देखाउँदै २०८० साउनदेखि बोर्डले आईपीओ रहेकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime