एजेन्सी । भारतले चेनब नदीमार्फत पाकिस्तान जाने पानीमा पूर्ण रूपमा रोक लगाएको छ ।
भारतको जम्मू–कस्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पानी रोकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारतको यो कदमले ६५ वर्षअघि भएको सिन्धु पानी सन्धि तोडिएको छ । उक्त सन्धि भारतले एकतर्फी रूपमा तोडेको जनाएको छ ।
आइतबार बिहानदेखि पानीको प्रवाह रोक लगाउन थालिएको हो । भारतको यो कार्यलाई भारतीय संचार माध्यमहरूले पाकिस्तानको आतंकवादी हमलाको बदलामा भारतले पानीको माध्यमबाट प्रहार गरेको दाबी गरेका छन् ।
भारतको यो कदमले पाकिस्तानमा सिँचाइका लागि समस्या पर्ने भएको छ ।
भारतको जम्मू-कस्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले नेपालीसहित २६ जनाको हत्या गरेका थिए । भारतबाट पाकिस्तानतर्फ बग्ने चेनबसहित छवटा नदीको पानी बाँडफाँट भइरहेको थियो ।






प्रतिक्रिया दिनुहोस्