Skip to content

कामु गभर्नर तिम्सिनासँग संघ रुष्ट, बिचौलीयाको प्रभावमा नपरी गभर्नर नियुक्ति गर्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघ कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनासँग रुष्ट भएको छ ।

आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्व (कामु गभर्नर ढुंगाना तिम्सिना) बाट एकजना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले लाचारिपन व्यक्त भइरहेको महसुस भएको जनाएको छ
आज विज्ञप्ति जारी गर्दै अहिलेको नेतृत्वको नैतिकता एवम् क्षमतामा नै प्रश्न उठेको जनाएको छ ।

तिम्सिनाको यस्ता कार्यले नेपालको संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ३५ तथा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को समेत ठाडो उल्लंघन संघको बुझाइ रहेको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, विचौलीयाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राख्न गभर्नर नियुक्ति जस्तो सम्वेदनशील विषयलाई षड्यन्त्रपूर्वक गरिएको ढिलासुस्तीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुलुक एफएटीएफ (फाइनान्सियल एक्सन टाक्स फोर्स) को ग्रे लिस्टमा रहेको, वित्तीय क्षेत्रको बढ्दो निष्कृय कर्जा लगायत खस्कदो अवस्थाले वित्तीय क्षेत्र स्थायित्वमा आशंका बढाएको जनाएको छ । मुलुकमा चरम निराशा रहेको अवस्थामा केन्द्रीय बैंकको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा नेपाल राष्ट्र बैंक विगत एक महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय बैंक जस्तो स्वायत्त संस्थामा गभर्नरको पदावधी सकिएको एक महिना बितिसक्दा समेत नयाँ गभर्नर नियुक्त नहुनु र कानूनको पालनामा सरकारको उदासिनता रहनु लज्जास्पद विषय जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ मा बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था रहेको छ ।

संघले विद्यमान चुनौतीहरुलाई सहज रुपमा सम्बोधन गर्न सक्ने सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरको रुपमा नियुक्ति गर्न सरकारसँग जोडदार माग गरेको छ । ‘बैंकको वर्तमान नेतृत्वलाई यथाशीघ्र आफ्नो कर्तव्य निर्वाह गरी केन्द्रीय बैंकको गरिमालाई अक्षुण्ण राख्न यस संघ अनुरोध गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यथाशीघ्र सक्षम व्यक्तिलाई गभर्नरको रुपमा नियुक्त गरी बैंकलाई नेतृत्व प्रदान गर्न नेपाल सरकार समक्ष जोडदार अपिल गर्दछौं ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi