Skip to content

भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण, तनाव चुलियो

nabil bank

काठमाडौं । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।

यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा निन्दा गरेका छन् । उनले त्यसको बलियो जवाफ दिने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, “दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।”

अमेरिकी राष्ट्रपत िडोनाल्ड ट्रम्पको अपरेशनको बारेमा सोधएिको प्रश्नमा भने, ‘यो लज्जास्पद छ,’ह्वाइट हाउसमा बोल्दै उनले भने, ‘म ओभल अफसिमा प्रवेश गर्ने बत्तिकिै यसको बारेमा सुने,’ट्रम्पले थप भने, ‘म चाहन्छु धेरै चाँडै अन्त्य होस्।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime