काठमाडौं । ४० लाखभन्दा बढी हुन्डीको रकमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४० लाख ३२ हजार ५०० रुपैयाँसहित दुई जनालाई काठमाडौंको विशाल बजारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका २४ विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट उक्त रकमसहित एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारतको कलकत्ताको यादवपुर घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर २३ बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको दवदह नगरपालिका घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका तीनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल छन् ।







प्रतिक्रिया दिनुहोस्