काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालीहरुले भ्रष्टाचार गरेको पैसा अमेरिकादेखि सिंगापुरसम्म पुर्याएको दाबी गरेका छन् ।
बुधबार राष्ट्रिय साभा अन्तगर्तको संघीययता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्रमुख राइले भ्रष्टाचारको जालो अन्तराृष्ट्रियकरण भएको दाबी गरे ।
भ्रष्टाचारबाट आर्जन गरेर नेपालीहरुले सिंगापुर, अमेरिका र युरोपमा सम्पत्ति लुकाएको र उक्त रकम नेपाल ल्याउनका लागि सरकारले सहयोग नगरेको उनको भनाइ छ । ‘भ्रष्टाचार गरेको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले त्यसमा चासो दिएको छैन’ उनले भने ‘हामीले अहिलेपनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईहरुले सहयोग गर्नुपर्यो । सिंगापुरले त भ्रष्टाचार भएको मनि पठाइदिन्छु भनिरहेको छ । तर सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’
राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्ने काममा सहयोग गर्न समेत सांसदहरुलाई आग्रह गरे । यस सम्बनधमा काम गर्न सरकारले कार्यदल गठन भएपनि द्रुतगतिमा काम नगरेको उनको गुनासो छ ।






प्रतिक्रिया दिनुहोस्