काठमाडौं । भारत पाकिस्तान युद्दका कारण भारतको उत्तर, पश्चिमी र मध्य क्षेत्रका २७ वटा विमानस्थलहरु शनिबार बिहान साढे ५ बजेसम्मका लागि बन्द गरिएका छन् ।
स्थानीय समय अनुसार शनिबार बिहान ५ः२९ बजेसम्म यी विमानस्थलहरुको व्यावसायिक सञ्चालनका लागि बन्द गरिएको टाइम्स अफ इन्डियामा समाचार छ ।
प्रभावित भारतीय विमानस्थलहरुमा जम्मू, लेह, चंडीगढ, श्रीनगर, अमृतसर, लुधियाना, भटिन्डा, हलवारा, पठानकोट र भुन्तर, पटियाला, सिमला, गग्गल, धर्मशाला, किशनगढ, जैसलमेर, जोधपुर, बिकानेर, मुन्द्रा, जामनगर, राजकोट, पोरबन्दर, कान्डला, केन्डल, केशुद, भुज, ग्वालियर र हिन्डन एयरपोर्ट पनि प्रभावित भएका छन् ।
विमानस्थल बन्द हुँदा भारतीय विमान कम्पनीहरुले बिहीबार ४३० उडानहरु रद्द गरेका छन् । जुन भारतको कुल उडानको ३ प्रतिशत हुन आउने समाचारमा उल्लेख छ ।
समाचार अनुसार पाकिस्तानका विमान कम्पनीहरुले १४७ भन्दा बढी उडानहरु रद्द भएका छन् । यो उनीहरुको दैनिक तालिकाको १७ प्रतिशत हुन आउँछ ।
भारतका केही क्षेत्र र पाकिस्तानको आकाशमार्ग पूर्ण रूपमा खाली देखिएको छ । यसले अन्तर्राष्ट्रिय उडानहरूमा पनि असर परेको छ।
प्रतिक्रिया दिनुहोस्