Skip to content

ऊर्जा उद्यमिलाई गल्ती नगर्न पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

nabil bank

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाले ऊर्जा उद्यमीलाई गल्ती नगर्न सुझाव दिएका छन् ।

बज्र मादि जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता कार्यक्रममा खतिवडाले यस्तो सुझाव दिए । गल्ती नगर्दा कुनै पनि समस्यामा नपर्ने उनको भनाइ थियो ।

अब सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा निजी क्षेत्रको लगानी आवश्यक रहेको उनको भनाइ छ । सरकारले २–३ वटा ठूला आयोजना निर्माणका गर्नुपर्ने र बाँकी सबै नीजि क्षेत्रले नै गर्नुपर्ने उनको भनाइ छ ।

‘आयोजनासम्म मात्रै सडक जाने हो भने आयोजनाले बनाउने होला । तर त्यहाँको समुदायलाई पनि फाइदा हुन्छ भने त्यसमा सरकारले पनि लगानी गर्नुपर्छ,’ उनले भने । अहिले ऊर्जा क्षेत्रमा बैंकको सहभागिता धेरै भएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life