Skip to content

प्राकृतिक स्रोत सञ्चालनमा रहेका अवरोध हटाउनु पर्छ : रामेश्वर खनाल

nabil bank

काठमाडौं । पूर्व अर्थ सचिव रामेश्वर खनालले नेपालको आर्थिक विकासका लागि प्राकृतिक स्रोत सञ्चालनमा सहज नीति लिनु पर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

जल, जंगलको प्रयोगका लागि पनि निकै झन्झटिलो प्रक्रिया रहेको भन्दै यसमा सुधार आवश्यक रहेको उनको भनाइ थियो । ‘आफ्नै जमिनको रुखलाई काटेर बाहिर पठाउनका लागि निकै समस्या हुने गरेको छ,’ उनले भने, ‘सामान्य मानिस मात्रै नभएर कर्मचारी समेत यो काम गर्न नसकेर राजीनामा दिएको अवस्था छ ।’

अर्थतन्त्र सुधारका लागि राज्यले आफ्ना प्राकृति स्रोत साधानलाई प्रयोग गर्ने नीतिमा सहज बनाउने र उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने उनको सुझा थियो । नेतृत्व सहि नभएको अवस्थामा कुनै पनि प्रणालीले काम गर्न नसक्ने उनको भनाइ छ । ५ वर्षमा कुनै पनि मन्त्रालयका कर्मचारी सरुवा गर्न नहुने उनको भनाइ छ । अन्तर मन्त्रालय सरुवा रोकिनु पर्ने उनको सुझाब छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime