काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारणसभा होटल स्टा चितवन, रत्ननगर टाँडीमा वैशाख १८ गते बोलाएको छ ।
उक्त बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । सो सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेस गर्ने छ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पारित गर्ने छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ ।
प्रतिक्रिया दिनुहोस्