Skip to content

सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग

nabil bank

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न सगरमाथा संवादमा विदेशी पाहुनाका साथै मुलुकभित्रबाट सबै समावेशी प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको बताएका छन् ।

आदिवासी जनजाति महिला युवा सञ्जालले आज यहाँ आयोजना गरेको सगरमाथा संवादको ‘प्रि संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनको असरबाट प्रभावित समुदायका मुद्दामा छलफल हुने उल्लेख गरे ।

मन्त्री शाहीले भने, ‘प्रकृतिको समिपमा रहने समुदाय जलवायुबाट बढी प्रभावित भएको महसुस भएको विषय हो, त्यसलाई सम्बोधन गर्न सरकारले नीतिगत व्यवस्था गरेको छ ।’

कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायुका असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको उल्लेख गर्दै समाधानका लागि विश्व मञ्चमा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताए । साथै उनले प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान भएका समुदायका आवाज प्राथमिकता साथ सगरमाथा संवादमा उठाउन सुझाव दिए ।

सञ्जालका अध्यक्ष रिसा श्रेष्ठले जलवायु परिवर्तनका असरबाट प्रकृतिसँग प्रत्यक्ष जोडिएका आदिवासी जनजाति समुदाय बढी प्रभावित भएको उल्लेख गर्दै उनीहरुका समस्या सम्बोधनमा सरकार संवेदनशील हुनुपर्ने बताएका थिए । मन्त्रालयका उपसचिव प्रकाशसिंह थापा सगरमाथा संवादको तयारी बारेमा जानकारी गराएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime