काठमाडौं । अर्थ मन्त्रालय मातहतका निकायले ४ खर्ब ३५ अर्ब २२ करोड राजस्व तथा भाखा नाघेको ऋणको साँवा ब्याज असुल गर्न बाँकी रहेको छ ।
कार्यालयले आज सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
उक्त रकममध्ये राजस्व बक्यौता २ खर्ब ५४ अर्ब ४ करोड रहेकोमा १ खर्ब २३ अर्ब ८० करोड (४८.७३ प्रतिशत) को सम्बन्धमा करदाताहरू न्यायिक पुनरावलोकनमा गएको देखिँदा बक्यौताको ठूलो हिस्सा न्यायिक निकायमा विचाराधीन रहेको छ ।
सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा ब्याज १ खर्ब ८१ अर्ब १८ करोड रहेको छ ।






प्रतिक्रिया दिनुहोस्