Skip to content

तीनकुने घटनाः मिश्र, राणा र प्रसाईंसहित ६२ जनाविरुद्ध मुद्दा दायर

nabil bank

काठमाडौं । चैत १५ गतेको तीनकुने घटनाका अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६२ जनालाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

धवलशमशेर राणा,  रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएको मुद्दा दर्ताको प्रक्रियामा रहेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले ६२ प्रतिवादीविरुद्ध आज अभियोजन भएको जानकारी दिए ।

बाँकी तीन नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर हुने उनले जानकारी दिए । काफ्लेका अनुसार तीन नाबालकसहित कुल प्रतिवादी ६५ हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime