Skip to content

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई आयोगको आग्रह

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १५ गते राजधानीमा संयुक्त जनआन्दोलन समितिले आयोजना गर्न लागेको विरोध कार्यक्रमलाई लिएर  सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

सोही दिन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौंमा एक कार्यक्रम पनि आयोजना हुने भएको छ। त्यस सन्दर्भमा आयोगले सार्वजनिक शान्ति र सुरक्षालाई ख्याल गरेर कुनै पनि उत्तेजक अभिव्यक्ति नदिन र कार्यक्रमहरू शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सबैलाई अनुरोध गरेको हो।

आयोगले लोकतान्त्रिक मुलुकमा सरकारको सुरक्षा निकायमाथि आलोचना गर्ने अधिकार सबै नागरिक, व्यक्ति र समूहलाई संविधानले दिएको स्पष्ट गर्दै भनेको छ, “प्रदर्शन गर्ने, विरोध जनाउने सबैलाई शान्तिपूर्ण रूपमा आफ्ना धारणा राख्न पाउने अधिकार छ तर त्यसले अरूको अधिकारमा असर पार्न नहुने आयोगको भनाइ छ।”

आयोगले सबै दल, व्यक्ति, र समूहलाई नकारात्मक टीकाटिप्पणी नगरी, कानूनको दायरा भित्र रही अभिव्यक्ति गर्न आह्वान गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले अन्त्यमा भनेको छ, ‘आफ्नो विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु सबैको साझा उत्तरदायित्व हो।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima