Skip to content

सबैभन्दा धेरै प्रति व्यक्ति आय बागमती, सबैभन्दा कम मधेश प्रदेशको, कहाँको कति ?

nabil bank

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेश र सबैभन्दा कम मधेश प्रदेशको हुने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले जनाएका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहेको थियो ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदुरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आवका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime