Skip to content

प्रतिनिधिसभामा प्रतिपक्षीको अवरोध, १० मिनेट पनि नबसी बैठक स्थगित

nabil bank

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको १० मिनेट पनि नबसी आधा घन्टाका लागि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दलका नेताहरुले सदन अवरोध गरेका थिए ।

प्रतिपक्षी दलका सांसदहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरोध गरे ।

बैठक बस्न नसक्ने भएपछि आधा घन्टाका लागि स्थगन गरिएको हो । मंगलबार पनि आधा घन्टाका लागि रोकिएको बैठक बसेन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime