Skip to content

भिजिट भिसा प्रकरणः गृहमन्त्री रमेश लेखकले किन बोलाए पत्रकार सम्मेलन ?

nabil bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आज ५ बजेका लागि पत्रकार सम्मेलन बोलाएका छन् ।

मन्त्रीको सचिवालयका अनुसार उनले आज साँझ ५ बजेका लागि संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन बोलाएका हुन् । पत्रकार सम्मेलनको विषय भने खुलाइएको छैन ।

मन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएपछि प्रतिपक्षी दलका नेताहरुले उनको राजनीनामा माग्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

यही विषयलाई लिएर संसद चल्न सकेको छैन । संसद नचल्दा सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न सकेको छैन । मंगलबार नै आर्थिक सर्वेक्षण अर्थमन्त्री बिष्णु पौडेलले सदनमा पेश गर्ने कार्यसूची रहेको थियो । प्रतिपक्षीको विरोधले सदन चल्न नसकेपछि रोकिएको हो । बुधबार पनि सर्वेक्षण पेस हुन सकेको छैन ।

सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि बिहीबार ल्याउँदै छ । प्रतिपक्षी दलका नेताहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटमा अवरोध नगर्ने तर, गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेका छन् ।

बजेट ल्याउने समय नजिकिँदै गर्दा सदन अवरुद्ध भएपछि आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । सो बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो । प्रतिपक्षीको विरोधपछि लेखकले जवाफ दिन पाएका छैनन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime