Skip to content

कांग्रेस नेता आलमले पाए सफाइ, जिल्लाको फैसला उच्चले उल्टायो

nabil bank

काठमाडौं । मान्छे मारेको आरोप लागेका कांग्रेस नेता मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।

उच्च अदालत वीरगञ्जले जिल्ला अदालत रौतहटले गरेको फैसलालाई उल्टाएर आलमलाई सफाइ दिएको हो ।

संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

फैसलामा चित्त नबुझेर आलम उच्च अदालत गएका थिए । अदालतको फैसलापछि आजै आलम रिहा हुनसक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime