काठमाडौं । सरकारले नेपालमा आयात हुने चिनीको भन्सार महसुल दर घटाएको छ ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल बिहीबार संघीय संसदमा पेश गरेको बजेटले चिनी आयात गर्दा लाग्ने भन्सार महसुल घटाएको हो ।
सरकारले चिनी, उखु वा बीट चिनी लगायत आयात गर्दा लाग्ने भन्सार महसुल दर ५० प्रतिशत घटाएको हो ।
यसअघि चिनी तथा चिनी उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा सार्क र अन्य देशमा ३० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो । अब भने १५ प्रतिशत मात्रै लाग्ने भएको छ ।
यस्तै रंग नलगाइएको चिनीको भन्सार महसुल घटेको छ ।






प्रतिक्रिया दिनुहोस्