काठमाडौं । भोली सोमबार राजावादी समूहले उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।
आज भएको प्रर्दशनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक बहादुर सिंह लगायतका नेताहरु पक्राउ परेका छन् । उनीहरुको तत्काल रिहाइको माग गर्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।
आन्दोलनका संयोजक नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।
‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,’विज्ञप्तिमा भनिएको छ ।






प्रतिक्रिया दिनुहोस्