काठमाडौं । सरकारले आगामी २ महिनासम्म विरोध प्रदर्शन गर्न तीन स्थान तोकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमार्डौले आज सूचना जारी गर्दै काठमाडौंको सिफल, कोटेश्वर र बल्खु बाहेकमा मात्रै विरोध, प्रदर्शन गर्न भनेको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तीन स्थानमा मात्रै विरोध प्रदर्शन गर्न मिल्ने जनाएका छन् ।
आगामी २ महिनासम्म सिफल चौर, कोटेश्वरबाट बालकुमारी र बल्खु बाहेक अन्य स्थानमा धर्ना, घेराउ, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्