Skip to content

सार्वजनिक सवारी मुक्त उपत्यका, बाइक राइडरलाई भ्याइनभ्याई (फोटोफिचर)

nabil bank

काठमाडौं । यातायात व्यवसायीले आजदेखि देशभर गरेको अनिश्चितकालीन यातायात बन्दका कारण उपत्यका लगायतका स्थान सार्वजनिक यातायात मुक्त भएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, एकीकृत समाजवादी यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलले विज्ञप्ति जारी गर्दै आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् ।

यातायात बन्द गरेसँगै आज सार्वजनिक सवारी साधान सञ्चालन भएका छैनन् । सार्वजनिक सवारी साधान नगुड्दा यात्रुले निकै सास्ती भोग्नु परेको छ । सार्वजनिक यातायात बन्द भएसँगै आज अनलाइन बाइक राइडरलाई भने भ्याइनभ्याई भएको छ । आज सडकमा अनलाइन राइडरभन्दा पनि अफलाइन राइडर निकै छन् ।

अफलाइन राइडरहरुले यात्रुसँग मनलाग्दी भाडा असुलेका छन् । कतिपय यात्रुले भाडा निकै महंगो भएको गुनासो गरेका छन् । बनस्थलीबाट नक्सालसम्म यसअघि १४५ रुपैयाँ  हाराहारीमा यात्रा गर्दै आएका रमेश सुवेदीले आज २०० तिर्न बाध्य भएको बताए ।

‘सार्वजनिक यातायात थिएन, कार्यालयमा आउनै पर्यो’ उनले भने, ‘अनलाइन बुक गर्दा बाइक पाइएन, चोकमा बाइकको लाइन रहेछ, २०० रुपैयाँमा नक्साल पुँगे ।’ सार्वजनिक यातायात नभएका कारण आज अन्य दिनभन्दा छिट्टै गन्तव्यमा पुगेको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा निजी सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएकामा आपत्ति जनाउँदै व्यवसायीले बन्दको घोषणा गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेश सरकारले संविधानको धारा, ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै आन्दोलनमा जान बाध्य हुनुपरेको बताए ।

प्रदेश सरकार र सङ्घ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime