Skip to content

प्रहरीले आज दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने (रुटसहित)

nabil bank

काठमाडौं । नेपाल प्रहरीले आज दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

यातायात व्यवसायीले आज बिहानैदेखि देशभर गरेको अनिश्चितकालीन यातायात बन्दका कारण उपत्यका लगायत देशभर सार्वजनिक यातायात बन्द रहेको छ । यातायातका साधान बन्द हुँदा यात्रुले निकै सास्ती भोग्नु परेको छ ।

यात्रुलाई सास्ती भएको भन्दै नेपाल प्रहरीले आज दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

रुट १
नक्सालबाट छुटेको बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै पुनः नक्साल फर्किने जनाइएको छ ।

रुट २
यस्तै रुट २ अन्तगृत नक्सालबाट छुटेको बस रातोपुल, चाबहिल, गौशाला, त्रिभुवन विमानस्थल, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक पुगेर पुन त्यही रुट हुँदै फर्कने छ । फर्कदाँ चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि नक्साल आउने प्रहरीले जनाएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, एकीकृत समाजवादी यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलले विज्ञप्ति जारी गर्दै आजदेखि सार्वजनिक यातायात बन्द गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime