काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अहिले कृषि क्षेत्रमा गएको कर्जाको रिभ्यु भइरहेको बताएका छन् ।
आज अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) मा छलफलको क्रममा गभर्नर पौडेलले राष्ट्र बैंकले कृषि क्षेत्रमा गएको कर्जाको रिभ्यु गर्न लागेको बताए । ‘कृषि क्षेत्रमा गएको, साना तथा मझौला उद्योगमा गएको ऋणको रिभ्यु गर्न लागेका छौं उनले भने, ‘यो साता नै हामीमध्ये पश्चिम जाने योजना बनाएका छौं ।’
उनले किसानलाई व्यवसाय बनाउन कसैले पनि नसिकाउने भन्दै राष्ट्र बैंकले किसानलाई सानो नै भए पनि कर्जा दिएर व्यवसायी बनाउनुपर्छ भन्नेतर्फ लागेको बताए ।
उनले बैंकबाट कर्जा सकेसम्म सबैले पाउनुपर्ने बताए । ‘एक जनाले एक अर्ब पाउनुभन्दा एक हजार जनाले १० लाख पायो भने देश माथी जान्छ’ उनले भने, ‘तलको मान्छे माथी गयो भने देश माथी जान्छ ।’ यसतर्फ राष्ट्र बैंकको ध्यान गएको बताए।
‘कुनै बेला उद्योगलाई मात्रै कर्जा दिन एनआईडीसी, कृषिलाई मात्रै कर्जा दिन, वाणिज्य क्षेत्रमा मात्रै कर्जा दिने गर्यौ’ उनले भने ‘अहिले एचआईडीसीएल पनि छ । अझ हामी स्पेसलाइज्ड हुँदै गएका छौ ।’ जुन बैंकको जे क्षमता छ उसलाई त्यसमा काम गर्न दिने भन्ने छ ।’ सबैभन्दा पछि परेको समुदायलाई अघि बढाउनका लागि सानो भए पनि कर्जा जानुपर्ने उनको भनाइ छ । थारै कर्जा पाउनेले पनि राम्रो, नयाँ योजना लिएर आएको आधारमा अघि बढ्न सक्नुपर्ने उनको भनाइ छ ।
‘कृषिमा गएको कर्जामा खराब कर्जा बढ्दै गएको छ’ उनले भने, ‘मैले साथीहरुलाई पनि भनेको छु । खराब ऋण सानो २ तरिकाले बढ्न सक्ने, एउटा भनेको मान्छे बदमासी गरेर बढ्छ, अर्को भनेको हामीले व्यवसाय गर्न सिकाउँदै नौ । किसानलाई कसरी व्यवसायी बनाउने भनेर कुनै क्याम्पसमा सिकाउँदैन । हरेक काम पहिलो पटक गर्दा मानिस फेल हुने सम्भावना रहन्छ । फेरि गर्दा सफल हुने सम्भावना बढ्छ । फेल हुनु आफैंमा नराम्रो होइन । यदि इमान्दारिताका साथ व्यवसाय गर्न थालेका थिए भने पहिलो पटक फेल हुँदा दोस्रो पटक चान्स पायो भने सफल हुन सक्छन् ।’






प्रतिक्रिया दिनुहोस्