Skip to content

मञ्जुश्री फाइनान्स एनपीएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

nabil bank

काठमाडौं । मञ्जुश्री फाइनान्स र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट डीसीईओ पदम ठकुल्ला र एनसीएचएलका तर्फबाट सीईओ निलेसमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड र इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो।

यससँगै बैंक वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपालपे कार्डमा धमाधम आवद्ध भइरहेका छन्। नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात मञ्जुश्री फाइनान्सले ग्राहकहरूका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्ने छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life