Skip to content

लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने

nabil bank
सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने लगानी तथा विकास सम्मेलनले प्रदेशको विकासमा टेवा पुर्याउने बताएका छन् ।
धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले लगानी तथा विकास सम्मेलनमा केन्द्र सरकारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरिरहनुभएका मन्त्रीको पनि सहयोगी भूमिका रहेको बताए । सुदूरपश्चिम लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेको उल्लेख गर्दै उनले भने, ‘नेपालमा लगानी गर्न धेरैको चासो छ । लगानी गर्न इच्छुकहरुका लागि सरकारले केही नियम कानुन सुधार गर्नुपर्ने भएकाले हामी लगानीमैत्री वातावरण निर्माणमा लागेका छौँ ।’
हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका युवक विपिन जोशीको रिहाइ बारेको जिज्ञासामा उनले मन्त्रालयका तर्फबाट धेरै पहल गरिएको, हमाससँग इरानका परराष्ट्रमन्त्रीले कुरा गरिदिएको, इजिप्टसँग नेपालका प्रधानमन्त्रीले कुरा गरेको तर उनको अवस्था थाहा नभएको मात्र जवाफ प्राप्त भएकाले उनी सकुशल छन् भन्ने आशा गरिएको बताइन् ।
प्रदेश सरकारको पहलमा आगामी असोज १ र २ गते गर्न लागिएको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा आज धनगढी आएकी हुन् । पूर्वतयारी सम्मेलन आजदेखि सुरु भएको छ । प्रदेशको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, आर्थिक विकासको सम्भावना उजागर गरी रुपान्तरणकारी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले सो सम्मेलन गर्न लागिएको हो।
सम्मेलनमार्फत उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडीबुटी, ऊर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रहरुमा लगानी प्रवर्द्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime