Skip to content

सार्वजनिक यातायातमा भएको हडतालविरुद्ध सर्वोच्चमा रिट दायर, बुधबारलाई तोकियो पेसी

nabil bank

काठमाडौं । सार्वजनिक यातायातमा भएको हडतालविरुद्ध आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज अधिवक्ता विनोद पोखरेलले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा भएको यातायातको हडतालकाविरुद्ध रिट दायर गरेका छन् ।

रिटको पेसी बुधबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले लगानी न्यूजलाई बताए । सार्वजनिक यातायातका क्षेत्रमा हडताल हुँदा सर्वसाधारण यात्रु, विद्यार्थी, बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकलगायत लगायतलाई आवतजावतमा गम्भीर असर परेको रिटमा उल्लेख गरिएको छ ।

रिटमा नेपालको संविधानको धारा १७ को उपधारा २ मा भएको व्यवस्था अनुसार आवतजावत, पेसा र रोजगारमा बाधा पुगेको उल्लेख छ । रिटमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंंघलाई विपक्षी बनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime