Skip to content

यातायात व्यवसायीद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता

nabil bank

काठमाडौं । यातायात व्यवसायीले देशव्यापी रुपमा गरे गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

आज साँझ बसेको यातायात व्यवसायीको बैठकले हडतालका कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।

गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएको जनाएका छन् ।

बैठकपछि हडतालका कार्यक्रम फिर्ता लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताए । यो निर्णयसँगै अब सार्वजनिक यातायात निर्वाध रुपमा चल्ने स्वाँरले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime