काठमाडौं । घरजग्गा कारोबार गर्दा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरेर पेश गरेपछि मात्रै लिखत पारित हुने भएको छ ।
अब जग्गा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा ७ न को उपदफा (२) अनुसार घर जग्गा खरिद वा बिक्री व्यवसायीका लागि यो व्यवस्था गरेको जनाएको छ ।त्यसका लागि मन्त्रालयले सबै जेठ १४ गते मालपोत कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।
सम्पति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन २०८२ अनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाइएको छ । यो व्यवस्थाले सम्पत्ती शुद्दिकरण निरुत्साहित हुने, कारोबारको यथार्थ विवरण सिस्टममा आउने, सरकारी राजस्व चुवावट बन्द हुने र मालपोतको भ्रष्टाचार अन्त गर्न सहयोग हुने जनाइएको छ ।
घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा १० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार बैकिङ्ग प्रणाली वा विद्युतीय भूक्तानी प्रणालीमार्फत मात्रै गर्नुपर्ने छ । ५० लाख रुपैयाँभन्दा बढि रकमको कारोबार विधुतीय भूक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत बिक्रीकर्ताको नाममा गुड फर पेमेन्ट चेकमार्फत भुक्तानी गर्नुपर्ने छ ।
अब एक व्यक्तिले एक दिनमा तीन करोडभन्दा बढीको कारोबार गरेमा त्यसको विवरण राष्ट्र बैंकको वित्तीय जानकारी एकाइमा पठाउनुपर्ने व्यवस्था पनि गरिएको छ। बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा लाग्ने रजिष्ट्रेशन वापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर वापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै बैंक मार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाख भन्दा बढीको घर जग्गा खरिद विक्रीको कारोबार गर्दा लाग्ने रजिष्ट्रेशन वापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर वापतको राजश्च विक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।
बैनाबट्टाको कागजमा खुलाउनुपर्ने घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेश गरेमा दश लाख रुपैया भन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट विक्रीकर्ताको बैंक खातामा बैंकिङ्ग वा विद्युतीय कारोबार प्रणाली मार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजसाथ पेश गर्नुपर्ने छ ।







प्रतिक्रिया दिनुहोस्