Skip to content

बजारमा अधिक तरलता भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले जेठ २१ गते ४० अर्ब रुपैयाँ उठाउने भएको हो ।

राष्ट्र बैंकले २१ दिन अवधीका लागि उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असार ११ गते फिर्ता पाउनेछन् । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi