काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै अख्तियारले माधव नेपालको पद निलम्बन गर्न भन्दै पत्र पठाएको हो । उक्त पत्र संसद् सचिवालय पुगेको छ ।
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।
संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाउने छन् ।






प्रतिक्रिया दिनुहोस्