Skip to content

उदयपुर बेकरीलाई गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा १० हजार जरिवाना

nabil bank

उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

उद्योगमा सधैं सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime