काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापमापन गर्ने सूचक ११.०६ अंकले घटेको छ । बजार ११.०६ अंकले घटेर परिसूचक २६२९.८९ बिन्दु कायम भएको छ ।
३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा होटल, जलविद्युत समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
कारोबारमा बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीबन बीमा, अन्य, ट्रेडिङ समूहको उपसूचक घटेको छ ।
कारोबारमा ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटाको घटेको छ । कारोबारमा रिभर फिल्स पावर, पियोर इनर्जी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा मूल्य बढेको छ ।
यस्तै ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ, उपकार लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।






प्रतिक्रिया दिनुहोस्