Skip to content

‘माइलेज च्याम्पियन २०२५’ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

वीरगञ्ज । वीरगञ्जको बौहरवा भाटीमा शनिबारका ‘माइलेज च्याम्पियन २०२५’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

रिशव इम्पेक्सको आयोजनामा सम्पन्न भएको हो उक्त कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजितकुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए ।

रिशव इम्पेक्सका प्रतिनिधिका अनुसार, यस किसिमका कार्यक्रमहरूले उपभोक्ताहरूमा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँछन् ।’

रिशव इम्पेक्सले सहभागी, दर्शक, आयोजक टोली तथा सहकार्यकर्ता सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिस्कृत तथा प्रभावकारी कार्यक्रमहरूको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi