Skip to content

बैंकको कर्जा गुणस्तर परीक्षण गर्न आईएमएफको निर्देशन, खराब कर्जा बढ्दा चिन्ता

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बैंकहरुको कर्जाको गुणस्तर परीक्षणको गर्न निर्देशन दिएको छ । आईएमएफले पछिल्लो समय बैंकिङ क्षेत्रमा बढेको खराब कर्जा प्रति चिन्ता व्यक्त गरेको छ ।

‘चैत अन्त्यसम्ममा बैंकहरुको निष्कृय कर्जा ५.२ प्रतिशत पुगेको छ, यसले वित्त संस्थाहरुको पुँजीमा असर परेको छ’ (आईएमएफ) सार्वजनिक प्रतिवेदनमा भनिएको छ, खराब कर्जाको यो अवस्थाले वित्तीय क्षेत्रमा रहेको जोखिम बढ्दो रहेको देखाउँछ ।’

आईएमएफले अहिलेको समयमा अन्तरराष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरुवाट ठूला वाणिज्य बैंकहरुको कर्जाको गुणस्तर लेखापरिक्षण गर्ने हालको योजना छिटो कार्यान्वयन गरिहाल्नुपर्ने जनाएको छ ।

नेपालको लागि स्वीकृत गरिएको विस्तारित कर्जा सुविधाको छैठौ समिक्षा बैठकमा नेपाली अधिकारीहरुसँग कर्मचारीतहमा सहमतिमा पुगेपछि प्रेस विज्ञप्तिमा आईएमएफले लेखापरिक्षक छनौट प्रकृया अघि वढाउन नेपाल राष्ट्र बैकले पुनः प्रतिवद्धता जनाएको स्पष्ट पारेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima