Skip to content

नेटवर्थ देखाएर लेखा समितिले रोकेको आईपीओ खुला गर्न बोर्डलाई अर्थको निर्देशन

nabil bank

काठमाडौं । प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई कानूनमा नै स्पष्ट व्यवस्था नभएको नेटवर्थलाई देखाएर ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको साधारण सेयर आईपीओ नरोक्न निर्देशन दिएको छ ।

समितिले कानूनमा नभएको नेटवर्थ देखाएर सेयर निष्कासन रोक्न नहुने भन्दै आईपीओ निष्कासनका लागि बोर्ड समक्ष अनुमति मागेका पब्लिक कम्पनीलाई कानूनमा उल्लेखित शर्तहरु पूरा भएको अवस्थामा नेटवर्थलगायत कानूनमा उल्लेख नभएका शर्तहरुका आधारमा रोक नलगाउन निर्देशन दिएको छ ।

यसरी आईपीओ रोक्दा अर्थतन्त्रमा समेत असर पर्ने जनाएको छ । समितिले नेटवर्थका कारण सेयर निष्कासन गर्न रोकेका कम्पनीको विवरण तीन दिन भित्र पठाउन समेत बोर्डलाई निर्देशन दिएको छ ।

यसअघि लेखा समितिले ९० वा सो भन्दा कम नेटवर्थ भएका कम्पनीलाई सेयर निष्कासन गर्न रोक्न निर्र्देशन दिएको थियो । त्यही निर्देशनलाई देखाएर बोर्डले २ वर्षदेखि आईपीओ रोकेको छ । आईपीओ रोकेपछि इप्पानले समितिमा विभिन्न समयमा उजुरी दिएको थियो । उजुरीको छानविन पछि सेबोनलाई यस्तो निर्देशन दिएको समितिका एक अधिकारीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi