Skip to content
Prabhu

कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

कोलम्बिया । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको कोलम्बियाको राष्ट्रिय सेनाले जनाएको छ ।
हेलिकप्टरको दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त भएको भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा यस दुःखद घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लान विरुद्ध कारबाही गरिरहेको बताउनुभयो । गल्फ क्लानलाई कोलम्बियामा लागूऔषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal