Skip to content

अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय भरतपुरका सहायकसहितका कर्मचारी नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकसहितका कर्मचारीलाई आज नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार आयोगको टङ्गालबाट खटिई गएको टोलीले उनीहरूलाई यातायात व्यवस्था कार्यालय परिसरबाट एक लाख ८५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो ।

यातायात कार्यालयका कर्मचारी र महालक्ष्मी, गुरुङ, तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकको मिलेमतोमा लाइसेन्स परीक्षामा असफल भएका परीक्षार्थीलाई पास गराउन रकम लिने गरिएको तथा सवारीको वर्गअनुसार १५ हजार रुपैयाँदेखि २५ हजार लिएर असफल प्रशिक्षार्थीलाई पास गराउने गैर कानुनीकार्य भएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी र विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय उपकरण मोबाइल ३१ थानभन्दा बढी, ल्याप्टप दुई थान र अन्य कागजातसमेत आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi