काठमाडौं । भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्ड नजिक आज बिहान हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ५ः३० बजे केदारनाथदेखि गुप्तकाशीका लागि उडेको केही बेरमै दुर्घटनामा परेको जनाएको छ ।
हेलिकप्टरमा ७ जना सवार रहेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । दुर्घटनामा सबैको मृत्यु भएको छ । हेलिकप्टरमा सवार व्यक्तिहरू केदारनाथ मन्दिरको दर्शन गर्न गएका थिए ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह रजवारले खराब मौसमका कारण न्यून भिजिबिलिटीले गर्दा गौरीकुण्डको जङ्गलमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।
यसअघि मे ८ मा गङ्गोत्री धाम जाँदै गरेको हेलिकोप्टर उत्तरकाशी जिल्लामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।






प्रतिक्रिया दिनुहोस्