Skip to content

वर्षासँगै ५ जिल्लाका सडक अवरुद्ध, मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु

nabil bank
फाइल फोटो

काठमाडौं । शनिबार रातिदेखि अविरल परेको  वर्षात कारण विभिन्न ५ जिल्लाका  ६ ठाउँको केही सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको  वर्षातले विभिन्न ५ जिल्लाको ६ ठाउँका सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

वर्षातका कारण ललितपुरको रुम्बाडाँडाको आश्राङदेखि गिम्दी जाने सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ । यसैगरी, धनकुटा साँगुरी गढी गाउँपालिकाको रवि राके भेडेटार जाने सडकखण्ड पूर्णरुप बन्द भएको छ ।

यसैगरी, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिक्तेल गाईघाट जाने सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । सोही जिल्लाको मध्यपहाडी लोकमार्ग भने एकतर्फी सुचारु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडाको कान्ति लोकपथ सडकखण्ड पूर्णरुपमा बन्द भएको छ ।

यता सिन्धुपाल्चोकको जिसिपा भोटेकोशी गाउँपालिका २ कोदारी अरनिको राजमार्ग पनि सडकखण्ड पूर्णरुपमा बन्द रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime