Skip to content

इजरायल–इरान तनावः इजरायल दूतावासमा २४सैं घन्टा हटलाइन सेवा सुरु

nabil bank

काठमाडौं । सरकारले इजरायलमा रहेको नेपाली दूतावासमा २४सैं घन्टा खुला रहने हटलाइन सेवा सुरु गरेको छ ।

इजरायल–इरानको बढ्दो तनावका कारण भई रहेको युद्बाबाट आउन सक्ने गंभिर समस्यालाई ध्यान दिँदै हटलाइन सेवा सुरु गरेको दूतावासले जनाएको छ ।

इजरायलस्थित विभिन्न स्थानहरूमा बसोबास गरिरहेका नेपालीहरुको सुरक्षा र हितको लागि दूतावासले २४ सै घण्टा सञ्चालन हुने हटलाइन सेवा सुरु गरेको जनाएको छ ।
त्यससका लागि २ जना कर्मचारीसमेत तोकिएको छ । इजरायलमा रहेका नेपालीलाई कुनै समस्या परेको खण्डमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ९७२ ५३ ५३६ ०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई ९७२ ५४ ५५८ २०७७ मा सीधा सम्पर्क गर्न सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime