Skip to content

बागमती प्रदेशले तीन वर्षको सवारी साधन कर र नवीकरणमा छुट दिने

nabil bank

काठमाडौं । बागमती प्रदेश सरकारले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर २०८३ जेठ मसान्तसम्म बुझाउनेलाई छुट दिने भएको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो ।

बजेटले आर्थिक वर्ष २०८१/८२ सम्म प्रचलित कानुन अनुसार सवारी साधन कर नबुझाएका र सवारी साधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका सवारी धनीले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर २०८३ जेठ मसान्तसम्म बुझाएमा त्यो भन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारी साधन कर तथा नवीकरण दस्तुर र जरिबानमा छुट पाउने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime