Skip to content

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेकी छन्।

५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन्। मंगलबार राति उनलाई १ किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो।

उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत मध्यराति नेपाल आइपुगेकी थिइन्। चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T