काठमाडौं । पछिल्लो करिब डेढ वर्षयता बैंकको ब्याजदर निकै घट्दो क्रममा रहेको छ । अहिले बैंकको ब्याजदर मुद्दति निक्षेपमा मात्रै नभएर कर्जामा समेत करिब एकल अंकमा झरेको छ । अहिले बैंकबाट स्थिर कर्जाको ब्याजदर समेत कतिपय बैंकले एकल अंकमा दिने गरेका छन् ।
कुमारी बैंकबाट ७ वर्षका लागि होम लोन लिँदा ८.५९ प्रतिशत ब्याज लाग्ने छ । यस्तै ५ वर्षका लागि अटो लोन लिँदा ८.९९ प्रतिशत, व्यक्तिगत तर्फको मोर्टगेज (टर्म लोन)ं लिँदा ७ वर्षका लागि ९.५९ प्रतिशत कर्जामा पाइने छ ।
हिमालयन बैंकबाट ७ वर्षका लागि घर कर्जा लिँदा ९ प्रतिशत, ७ वर्षसम्मका लागि होयर पर्चेज कर्जा (व्यक्तिगत) लिँदा ९ प्रतिशत, ७ वर्षसम्मका लागि मोटरेज लोन (सेक्योर्ड पर्सनल) लिँदा ९.२५ प्रतिशत, कमर्शियल हायर पर्चेज लोन ७ वर्षसम्मका लागि लिँदा ९.७२ प्रतिशतमा ब्याजदरमा पाइने छ ।
एभरेष्ट बैंकबाट ७ वर्षसम्मका लागि हाउजिङ लोन लिँदा ९ प्रतिशत, भेहिकल लोन लिँदा ९ प्रतिशत, हायर पर्चेज लोन लिँदा १२.५० प्रतिशत ब्याज लाग्ने छ । एनएमबि बैंकबाट १० वर्षसम्मका लागि सुलभ घर कर्जा लिँदा ९.९९ प्रतिशत, ५ वर्षसम्मका लागि रिटेल टर्म लोन लिँदा १३ प्रतिशत, ५ देखि १० प्रतिशत १३.५० प्रतिशत, १० वर्षदेखि बढी अवधिका लागि कर्जा लिँदा १४ प्रतिशत ब्याज लाग्नेछ । यस्तै बैंकबाट सुलभ अटो इलेक्ट्रि लोन ५ वर्षसम्मका लागि लिँदा ८.८९ प्रतिशत, र ५ देखि ७ वर्षका लागि यस्तो कर्जामा ८. ९९ प्रतिशत ब्याज लाग्ने छ ।
प्राइम बैंकबाट प्राइम होम लोन लिँदा १० देखि १२ प्रतिशत, प्राइम हायर पर्चेज लोन लिँदा, मोटरेज र अन्य पर्सनल लोन लिँदा १० देखि १२ प्रतिशत ब्याज लाग्ने छ ।
नेपाल एसबिआई बैंकबाट तीन वर्षसम्मका लागि होम लोन लिँदा १०.५० प्रतिशत ब्याज लाग्ने छ । तीन वर्षसम्मका लागि हायर पर्चेज लोन, पर्सनल मोटरेज लोन लिँदा ११.५० प्रतिशत ब्याज लाग्नेछ । यस्तै बैंकबाट तीन देखि ५ वर्षसम्मका लागि होम लोन लिँदा ११ प्रतिशत ब्याज लाग्ने छ । ५ देखि १० वर्षसम्मका लागि अटो, हायर पर्चेज लोन, पर्सनल मोट्रगेज लोन लिँदा १२ प्रतिशतमा कर्जा पाइनेछ ।
यस्तै बैंकबाट ५ देखि १० वर्षसम्मका लागि होम लोन लिँदा ११.५० प्रतिशत ब्याज लाग्ने छ । यस्तै ५ देखि १० वर्षसम्मका लागि अटो, हायर पर्चेज लोन, पर्सनल मोट्रगेज लोन कर्जा लिँदा १३ प्रतिशत ब्याज लाग्ने छ । यस्तै बैंकबाट १० वर्षदेखि सो भन्दा बढी अवधिका लागि कर्जा लिँदा होम लोन लिँदा १२ प्रतिशत ब्याज लाग्नेछ । यस्तै पर्सनल मोट्रगेज लोन लिँदा १३ प्रतिशत ब्याज लाग्ने छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट हाउजिंग÷रियल स्टेट कर्जा ५ देखि १० वर्षका लागि लिँदा १० प्रतिशत, १० वर्ष भन्दा बढी अवधिका लागि ११ प्रतिशत, हायर पर्चेज कर्जा ५ देखि १० वर्षका लागि १० प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि ११ प्रतिशत, गाडी कर्जा ५ देखि १० वर्षका लागि १० प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि ११ प्रतिशत, मोर्टगेज कर्जा ५ देखि १० वर्षका लागि १० प्रतिशत र १० वर्ष वा सो भन्दा बढी अवधिका लागि कर्जा लिँदा ११ प्रतिशत ब्याज लाग्नेछ ।
ग्लोबल आइएमई बैंकबाट ५ वर्षसम्मका लागि होम लिन लिने हो भने ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि लिने हो भने १०.९९ देखि ११.४९ र १० वर्षभन्दा बढी अवधिका लागि लिने हो भने ११.४९ देखि ११.९९ प्रतिशत ब्याज लाग्ने छ ।
५ वर्षसम्मका लागि अटो लोन लिँदा १०.४९ देखि ११.४९ प्रतिशत, ५ वर्ष भन्दा बढी अवधिका लागि हो भने ११.४९ देखि ११.९९ प्रतिशत ब्याज लाग्नेछ ।
यस्तै मोर्टगेज लोन ५ वर्षसम्मलाई १०.९९ देखि ११.९९ र ५ वर्ष भन्दा बढी अवधिका लागि लिँदा ११.९९ देखि १२.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ । हायर पर्चेज कर्जा ५ वर्षसम्मका लागि लिँदा ११.९९ देखि १३.९९ प्रतिशत ब्याज लाग्ने छ ।
कृषि विकास बैंकबाट ५ वर्षसम्मका लागि होम लोन लिँदा १०.१५ प्रतिशत ब्याज लाग्ने छ । ५ देखी १० वर्षसम्मको कर्जा लिँदा १०.६५ प्रतिशत, १० देखी १५ वर्ष अवधिका लागि कर्जा लिँदा ११.१५ प्रतिशत र १५ वर्ष वा सो भन्दा बढी अवधिका लागि कर्जा लिँदा ११.६५ प्रतिशत ब्याज लाग्ने छ । १५ वर्ष वा सो भन्दा बढी अवधिका लागि होम लोन लिँदा ११.६५ प्रतिशत ब्याज लाग्ने छ ।
कृषि बैंकले हाउस प्रचेज कर्जा ५ वर्षसम्म लिनेका लागि १०.१५ प्रतिशत ब्याज लिने जनाएको छ । यस्तै ५ देखी १० वर्ष अवधिका लागि १०.६५ ब्याजदर, १० देखी १५ वर्ष अवधिका लागि ११.१५ प्रतिशत, १५ वर्ष वा सो भन बढी अवधिका लागि ११.६५ प्रतिशत ब्याज लाग्नेछ । ल्यान्ड पर्चेजको लागि यस बैंकले १०.६५ प्रतिशत ब्याजदर तोकेको छ । हायर पर्चेज कर्जाको लागि एस बैंकले १०.६५ प्रतिशत ब्याजदरमा बर्जा दिने गरेको छ । अटो लोनमा १०.६५ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्ने गरेको बैंकले जनाएको छ ।
नबिल बैंकबाट ब्यापारिक तर्फको पाँच वर्ष लागि अटो लोनको प्राइम तर्फ ११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने स्टयान्डर्ड तर्फ ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकबाट अटो लोन ५ देखि १० वर्ष अवधिका लागि प्राइम तर्फ ११.२५ प्रतिशत र स्टयान्डर्ड तर्फ ११.५० प्रतिशत ब्याज लाग्ने छ । १० वर्ष भन्दा बढी अवधिका लागि अटो लोन लिँदा प्राईम तर्फ ११.५० प्रतिशत स्ट्यान्र्डर तर्फ ११.७५ प्रतिशत कर्जाको ब्याजदर निर्धारण गरेको छ ।
सवारी साधन खरीद गर्नको लागि ५ वर्ष अवधिका लागि ९.९९ प्रतिशत, ५ देखि ७ वर्ष अवधिका लागि १०.४९ प्रतिशत ब्याज लाग्ने जनाएको छ । नबिन बैंकले ५ वर्ष अवधिका लागि मोर्टगेज कर्जा २ करोड ५० लाखसम्म लिँदा ८.४९ प्रतिशत, २ करोड ५० लाख भन्दा बढीमा १०.९९ प्रतिशत ब्याज लाग्ने जनाएको छ ।
बैंकले अन्य घरजग्गा कारोबारको लागि ११.९९ प्रतिशत ब्याजदर, ५ वर्षसम्मको अटो लोनमा ९.९९ प्रतिशत, कर्मशियल अटो लोनमा १२ प्रतिशत ब्याज लाग्ने जनाएको छ । ५ देखी ७ वर्षसम्म अवधिका लागि अटो कर्जाका लागि १०.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ५ देखी १० वर्षसम्मका लागि २ करोड ५० लाखसम्मको कर्जाको लागि ९.९९ प्रतिशत, २ करोड ५० लाख माथिको धितोकर्जामा बैंकले ११.४९ प्रतिशत ब्याजदर लिने जनाएको छ ।
१० देखि १५ वर्षसम्मका लागि २ करोड ५० लाखसम्मको धितो कर्जामा बैंकले १०.४९ प्रतिशत, २ करोड ५० लाख सम्मका लागि ११.९९ प्रतिशत ब्याज लाग्ने जनाएको छ । बैंकले नबिल ढुक्क घरकर्जाका लागि ८.९९ प्रतिशत ब्याजदर रहेको छ । यसको अवधि ७ वर्ष रहेको छ । बैंकले नबिल ढुक्क घरकर्जा १० वर्ष अवधिका लागि ९.४९ प्रतिशत ब्याज लाग्ने छ ।
सिद्धार्थ बैंकबाट ५ वर्षसम्मका लागि होम लोन लिँदा ८.९९ प्रतिशत, ५ देखी १० वर्ष अवधिका लागि होम लोनमा ९.४९ प्रतिशत र १० वर्ष वा सो भन्दा माथि अवधिका लागि १० प्रतिशत ब्याज लाग्ने छ । बैंकले ५ वर्षसम्मका लागि मोर्टगेज लोन लिँदा १०.७५ प्रतिशत, ५ देखि १० वर्ष अवधिको लोनमा ११.२५ प्रतिशत, १० वर्ष वा सो भन्दा बढी अवधिका लागि ११.२५ प्रतिशत ब्याज लिनेछ ।
५ वर्षसम्मको हायर पर्चेज कर्जा लिँदा १०.२५ प्रतिशत, १० वर्ष वा सो भन्दा बढी अवधिको हायर पर्चेज लोनमा ११.२५ प्रतिशत ब्याज लिने गरेको छ । ५ वर्ष अवधिको अटो लोनमा १०.२५ प्रतिशत र ५ वर्ष माथिको लोनमा १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
‘सिद्धार्थ हाम्रो कर्जा’ नामको ७ वर्ष अवधिका कर्जा स्कीम सञ्चालनमा ल्याएको छ । यस स्कीम अन्र्तगत बैंकले ८.७५ प्रतिशत र महिलाको लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको जनाएको छ ।
माछापुच्छ्रे बैंकले पाँच वर्षसम्म अवधिका लागि होम लोनमा ९.५० प्रतशित, ५ देखी १० वर्ष अवधिका लागि घर कर्जामा १०.५० प्रतिशत र १० वर्ष वा सो भन्दा बढी अवधिको कर्जामा ११.५० प्रतिशत ब्याजदर रहेको छ । पाँच वर्ष अवधिको हायर पर्चेज तथा अटो लोनमा बैंकले ९.५० प्रतिशत, ५ देखी १० वर्ष अवधीका लागि १०.५० प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ ।
नेपाल बैंकबाट होम लोन-नेपाल लक्ष्मी लोन, प्रोफेसनल होम लोन-शुलभ आवास कर्जा ५ वर्षसम्मको १२.२५ प्रतिशत ब्याज रहेको छ । ५ वर्षदेखि १० वर्ष अवधिको यस्तो कर्जा १३.२५ प्रतिशत ब्याज रहेको छ । १० वर्ष वा सो भन्दा माथिको यस्तो कर्जामा बैंकले १४.२५ प्रतिशत ब्याज लिने जनाएको छ ।
५ वर्षसम्मको अटो लोन-नेपाल लक्ष्मी अटो लोन-प्रोफेसनल अटो लोनमा १२.५० प्रतिशत, ७ वर्षसम्मको यस्तो कर्जामा १३.५० प्रतिशत ब्याजदर रहेको छ । बैंकले ५ वर्ष अवधिको इलेक्ट्रिक भेइकल लोनमा १२.५० प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ ।
प्रभु बैंकबाट होम लोन लिँदा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत ब्याज रहेको छ । यस्तै ५ वर्षदेखि माथीका लागि ११.९९ प्रतिशत रहेको छ । यस्तै अटो लोन ५ वर्षसम्मका लागि ९.५० प्रतिशत ब्याज रहेको छ भने ५ वर्षभन्दा बढी अवधिका लागि ११.५० प्रतिशत ब्याजदर रहेको छ ।






प्रतिक्रिया दिनुहोस्