Skip to content

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

पाल्पा । कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रबर्द्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ ।

वडाका ७५ जना किसानलाई शत प्रतिशत अनुदानमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिनुभयो । किसानलाई कृषि उत्पादन, मल बीउ, दाना, पराल ओसारपसारका लागि कृषि औजारको रुपमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष देवकोटा बताए।

वडा कार्यालयले विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी ठेलागाडा वितरण गरेको हो । नगर प्रमुख रमणबहादुर थापाले स–साना अनुदानका कार्यक्रम भन्दा अब बीउबिजन उत्पादन र स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाइने बताए ।

यसैबीच, रामपुरका संस्थागत विद्यालयका विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको छ । कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा संस्थागत विद्यालयका विद्यार्थीलाई चस्मा वितरण गरेको हो ।

रामपुर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय र पूर्वसैनिक राईजिङ इङलिस बोर्डिङ स्कुलका १ सय १८ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको सर्जिकल सेन्टरका व्यवस्थापक सुन्दर रानाले जानकारी दिए।

सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीको स्वास्थ्य सुविधालाई दृष्टिगत गर्दै निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi