Skip to content

सांसद अमर थापाले सदनमै च्याते बजेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेकपा एसका सांसद अमरबहादुर थापाले संसद भित्र बजेट पुस्तिका च्यातेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा चित्त नबुझेको, बजेटमा सरकारको एकाधिकार भएको, जनताप्रति उत्तरदायी नभएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।

‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन’ उनले भने, ‘एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु ।’

भौतिक पूर्वाधार मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको उनको दाबी छ । दैलेख, माबुलेक हुँदै जुम्ला जानलाई ७९ किलोमिटर बाटो फरक पर्छ भन्दा यो सरकारले नसुनेको उनको गुनासो छ ।

बजेट नेता र मन्त्री मुखी भएको उनको भनाइ छ । जनताबाट उठेको राजस्वले बजेट जनतामुखी नभएको भन्दै उनले बजेट च्यातेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima