Skip to content

वर्षातका कारण ५ वटा राजमार्ग पूर्ण अवरुद्ध, ६ वटा एकतर्फी सञ्चालन

काठमाडौ । वर्षातका कारण देशका विभिन्न ५ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् भने ६ वटा एकतर्फी रुपमा सञ्चालमा आएका छन् ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालीका–३ लार्चा स्थित अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । यस्तै नवलपारासी जिल्ला बर्दघाट सुस्ता पूर्व बुलिनटार गाँउपालीका–१ बतासे डाँडा कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरोध छ ।

यस्तै दाङको तुलसीपुर उपमाहनगरपालीका–३ को दाङ–सल्यान सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ । सल्यानको कपुरकोट गाँउपालीका–३ चोरखोला राप्ति राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।

यस्तै एकतर्फी रुपमा धनकुटाको साँगुरिगढी गाँउपालीका–५ स्थित रवि राके भेडेटार सडक, मकवानपुरको भिमफेदी गाँउपालीका–९ बागमारा त्रिभुवन राजपथ, म्याग्दी अन्नपुर्ग गाँउपालीका–३ रूप्से बेनी–जोमसोम सडक खण्ड, गुल्मीको कालिगण्डकी गाँउपालीका–६ बर्लबा कालिगण्डकी करिडोर, जुम्लाको सिंजा गाँउपालीका–२ चुलेलगाँउ जुम्ला मुगु सडक खण्ड र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलघाट भेरी करिडोर सडक सञ्चाल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T